ad ad

राजनीति


नेपालले दियो राष्ट्रसंघीय मानवअधिकार परिषद् सदस्यमा दोश्रो कार्यकालका लागि उम्मेदवारी

नेपालले दियो राष्ट्रसंघीय मानवअधिकार परिषद् सदस्यमा दोश्रो कार्यकालका लागि उम्मेदवारी

नेपालखबर
फागुन १३, २०७६ मंगलबार १७:३३,

नेपालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा सदस्यको दोश्रो कार्यकालका लागि उम्मेदवारी प्रस्तुत गरेको छ।

सो परिषद्को बैठकलाई मंगलबार संवोधन गर्ने क्रममा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालको उम्मेदवारी पेश गरेका हुन्।

‘परिषद्को सदस्यको रुपमा हामीले प्राप्त गरेको अनुभवले हामीलाई लोकतन्त्र सुदृढ गर्न, सामाजिक–आर्थिक रुपान्तरणलाई अघि बढाउन, मानवअधिकारको सर्वव्यापीरुपमा प्रवर्धन गर्न र पालना गर्न हामीलाई प्रेरित गरेको छ,’ ज्ञवालीले राष्ट्रसंघ मानवअधिकार परिषद्को बैठकलाई संवोधन गर्दै भनेका छन्।

‘सोहि मर्मअनुरुप नेपालले मानव अधिकार परिषद्को सदस्यको दोश्रो कार्यकाल (२०२१–२०२३) का लागि उमेदवारी पेश गरेको छ। सम्पूर्ण राष्ट्रसंघीय सदस्य राष्ट्रहरुबाट प्राप्त महत्वपूर्ण सहयोगका लागि हामी उच्चसम्मान दिन्छौं।’

सो संवोधनका क्रममा ज्ञवालीले नेपालमा स्वतन्त्र मानव अधिकार आयोगले मानव अधिकारसम्बन्धी नियमित रुपमा काम गरेको, संक्रमणकालिन न्यायका लागि दुई आयोगले स्वतन्त्र रुपमा काम गरिरहेको र राष्ट्रसंघीय विभिन्न निकायसँग नेपालले अन्यन्त समन्वयात्मक र सहयोगात्मक रुपमा काम गरेको बताएका थिए।

अक्टोबर २०१७ मा नेपाल २०१८–२०२० का लागि निर्वाचित भएको थियो। त्यतिबेला नेपालले एसिया–प्यासिफिक क्षेत्र समूहमै सर्वाधिक १६६ मत प्राप्त गरेर निवाचित भएको थियो। सन् २००६ मा मानव अधिकार परिषद् बनेपछि नेपाल २०१७ मा पहिलोपटक निर्वाचित भएको हाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .