ad ad

राजनीति


दिल्ली हिंसाः १३ को मृत्यु, देख्नेबित्तिकै गोली हान्ने आदेश

दिल्ली हिंसाः १३ को मृत्यु, देख्नेबित्तिकै गोली हान्ने आदेश

नेपालखबर
फागुन १३, २०७६ मंगलबार १६:३१,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा रहेकै बेला दिल्लीमा हिंसा फैलिएको छ।

नागरिकता संशोधन कानुनको विरोध गरिरहेकाहरुमाथि हिन्दुवादी समूहहरुले आक्रमण गरेपछि चर्केको हिंसामा हालसम्म १३ जनाको ज्यान गइसकेको छ भने एक सय ५० जनाभन्दा बढी घाइते भएका छन्।

खासगरी दिल्लीको उत्तरपूर्वी इलाकामा हिंसात्मक झडपहरु भएका छन्।

उत्तरपूर्वी दिल्लीका चाँदबाग, जाफरावाद, मौजपुरजस्ता क्षेत्रमा कर्फ्यु लगाइएको छ। प्रहरीले देख्नेबित्तिकै दंगाकारीमाथि गोली चलाउने आदेश दिएको छ।

सोमबारदेखि लगातार झडपहरु भइरहेका छन्। मंगलबार साँझ आगजनी, ढुंगमुढा अझ बढेको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .