ad ad

राजनीति


बजेटको अभावमा सवारी दुर्घटना न्यूनीकरणको काम प्रभावकारी हुन सकेन : उपप्रधानमन्त्री महासेठ

बजेटको अभावमा सवारी दुर्घटना न्यूनीकरणको काम प्रभावकारी हुन सकेन : उपप्रधानमन्त्री महासेठ

नेपालखबर
जेठ २८, २०८१ सोमबार १६:२१, काठमाडौँ

कार्यवाहक प्रधानमन्त्री रघुवीर महासेठले बजेटको अभावमा सडक दुर्घटना न्युनिकरणको कामलाई प्रभावकारी बनाउन नसकिएको बताएका छन्।

सोमवार राष्ट्रिय सभा बैठकमा सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्।

उपप्रधानमन्त्री महासेठले आगामी आर्थिक वर्षको बजेटमा भने सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको दाबी पनि गरे।

उनले संविधान अनुसार सडकमा हुने दुर्घटना न्युनिकरणको काम प्रदेश सरकारलाई जिम्मा दिइएको र संघीय सरकारले त्यसका लागि आवश्यक ऐन, कानून बनाउने काम गरिरहेको बताए।

उपप्रधानमन्त्री महासेठले सवारी साधन अनुमति पत्र (लाईसेन्स) दिन काममा पनि प्रदेश सरकारलाई संघीय सरकारले हस्तक्षेप नगर्ने बताए।

उनले भने, ‘हिजोसम्म यातायात व्यवस्थाका सम्पूर्ण नेटवर्क संघीय सरकारको मातहतमा थियो। अहिले संविधानको भावना अनुसार सो काम प्रदेश सरकारलाई जिम्मा लगाइएको छ। अब हाम्रो जुन यातायात व्यवस्था विभाग छ। त्यो विभागको काम भनेको ऐन बनाउने र कार्यान्वयनका लागि तल पठाउने हो। लाईसेन्स दिने काम पनि अब तलबाटै हुन्छ। त्यसमा संघीय सरकारको कुनै हस्तक्षेप हुँदैन।’

उपप्रधानमन्त्री महासेठले संघीय सरकारले सडक दुर्घटनाबाट हुने क्षति न्यूनीकरणका लागि पनि सक्दो काम गरिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .