ad ad

समाज


धरानबाट पक्राउ परे सेन्चुरी बैंकका सञ्चालक समिति सदस्य बज्राचार्य

धरानबाट पक्राउ परे सेन्चुरी बैंकका सञ्चालक समिति सदस्य बज्राचार्य

नेपालखबर
जेठ २८, २०८१ सोमबार १६:२५, काठमाडौँ

तत्कालीन सेन्चुरी कमर्सियल बैंकका सञ्चालक समिति सदस्य अभिषेक बज्राचार्य पनि पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीका अनुसार, उनलाई सुनसरीको धरानबाट पक्राउ गरिएउको हो। 

यो सँगै तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पक्राउ परेका कर्मचारीको संख्या ९ पुगेको छ। 

बैंकको ऋण प्रवाहका क्रममा अनियमितता गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्। 

आजै पूर्वअध्यक्ष राजेश श्रेष्ठसहित सुनिल कुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाल पक्राउ परेका थिए।

यसअघि सो प्रकरणमा प्रहरीले बैंकका पूर्वसीईओ तुलसीराम गौतम र पूर्वसीईओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरिसकेको छ।

तत्कालीन सेञ्चुरी बैंकले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईं र उनका परिवारको लगानीका चारवटा कम्पनीमा ऋण लगानी गरेको थियो।

त्यसमा करिब ८० करोड रुपैयाँ मात्रै पर्ने धितो राख्दा चौलागाईंलाई सेञ्चुरीले २ अर्ब १२ करोड रुपैयाँ ऋण दिएको खुलेको थियो।

कमसल धितोमा अधिक कर्जा लगानी गरेको भेटिएपछि १० जना पक्राउ परेका थिए। यससम्बन्धी अनुसन्धान सीआईबीले गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .