ad ad

राजनीति


बाँस्कोटा कमिसन प्रकरणबारे ढुंगानाको प्रश्न : व्यक्तिबारे त छानविन होला, प्रवृत्ति के होला?

बाँस्कोटा कमिसन प्रकरणबारे ढुंगानाको प्रश्न : व्यक्तिबारे त छानविन होला, प्रवृत्ति के होला?

नेपालखबर
फागुन ९, २०७६ शुक्रबार ११:२६,

पूर्वसभामुख दमननाथ ढुंगानाले सत्ताको लक्ष्य भ्रष्टाचार हुँदा लोकतन्त्र नै लोप हुने खतरा बढ्ने बताएका छन्।

पूर्वसभामुख ढुंगानाले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो टेप सार्वजनिक भएपछि यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने क्रममा स्वीस कम्पनीको नेपाल एजेन्टसँग ७० करोड कमिसनबारे छलफल गरेको अडियो टेप सार्वजनिक भएको भएपछि उनले बिहीबार बाँस्कोटाले पदबाट राजीनामा दिएका छन्। बाँस्कोटालाई मन्त्रीबाट राजीनामा दिँदैमा उन्मुक्ति नदिन आग्रह गर्दै उनीमाथि अनुसन्धान गर्नुपर्ने चर्चा चलिरहेको छ।

पूर्वसभामुख ढुंगानाले व्यक्तिमाथि अनुसन्धान ठूलो कुरा नभएको भन्दै प्रवृत्ति मुख्य हुने बताएका छन्। शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले व्यक्तिबारे छानविन होला, प्रवृत्ति के होला भन्ने प्रश्न समेत उठाएका छन्।

‘सरकारका परम विश्वासपात्र/प्रवक्ता तथा आदर्श र उपदेशका कुरामा एक नम्बरका मन्त्री/महामन्त्री बाँस्कोटा एकाएक हटेछन्’, ट्विटरमा उनले लेखेको छन्, ‘व्यक्तिबारे छानविन होला, प्रवृत्ति के होला? सत्ताको लक्ष्य भ्रष्टाचार हुँदा लोकतन्त्र लोप हुने खतरा बढ्दछ।’

१५ महिना अगाडि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्ने क्रममा स्वीस कम्पनीको नेपाल एजेन्टसँग ७० करोड कमिसनबारे छलफल गरेको अडियो टेप बुधबार राति सार्वजनिक भएको थियो। अडियो सार्वजनिक भएपछि बिहीबार बास्कोटाले मन्त्रीबाट राजीनामा दिइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .