नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताका सवालमा राष्ट्रपतिको कार्यालयबाटै गैरजिम्मेवार र खेलवाडपूर्ण अभिव्यक्ति आएको भन्दै आपत्ति जनाएका छन्।
नेपालको नोटमा चुच्चे नक्सा राखिएकोबारे विज्ञ सल्लाहकारबाटै आपत्तिजनक अभिव्यक्ति आएको भन्दै ओलीले आपत्ति जनाएका हुन्।
‘राष्ट्रियताको पक्षमा अत्यन्तै गैरजिम्मेवार र खेलवाडपूर्ण अभिव्यक्तिहरू आएका छन्। नेपालले नेपालको नक्सा छाप्छ, नेपाल सरकार र नेपालले नेपालको नोटमा नक्सा छाप्दा अर्को देश कराको सुुनियो। किन करायो होला अर्को देश भन्दा राष्ट्रपतिका विज्ञ सल्लाहकार भनिएकाहरू त्यो अर्को देश कराए सँगसँगै यो फलानो देशलाई उत्तेजित पार्न खोजिएको हो भन्छ,’ ओलीले भने।
त्यसबारे आफ्नो पार्टीले संसद्मा कुरा उठाउने र त्यसको जवाफ पाउनुपर्ने पनि ओलीले बताए।
‘सम्माननीय राष्ट्रपतिले कस्ता र कसका मान्छेलाई जागिर खुवाएर राख्नुभएको छ? यस्तै मान्छे राखेर तिनकै सल्लाहअनुसार, त्यस्ता मान्छे राष्ट्रपतिले राख्न मिल्छ?,’ उनले भने, ‘यस्ता विद्वेश भएका मान्छेहरू राष्ट्रपति कार्यालयमा गुँड बनाउने? म राष्ट्रपतिजीलाई सुन्नु भएको छ कि छैन, छैन भने यही भनाइबाट सुन्नुस्।’
Shares
प्रतिक्रिया