निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि दर्ता भएका दलहरूलाई चुनाव चिह्न प्रदान गरेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार इलाम क्षेत्र नम्बर २ का लागि दर्ता भएका २० वटा दलहरूलाई चुनाव चिह्न दिइएको छ।
त्यसैगरि बझाङ १ को प्रदेश १ को उपनिर्वाचनका लागि आयोगले १९ वटा दललाई चुनाव चिह्न दिएको छ।
पौडेलका अनुसार दलको रुपमा मान्यता प्राप्त गर्न राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ बमोजिम दल दर्ताको निवेदन दिने प्रयोजनका लागि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १५ मा भएको कानुनी व्यवस्था बमोजिम चुनाव चिह्न दिइएको हो।
ती दललाई जनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ को उपनियम १ को अनुसूची - १२ बमोजिम निर्वाचन प्रयोजनको लागि आयोगले दर्ता भएका दलहरूलाई चुनाव चिह्न प्रदान गरि क्रम संख्या पनि निर्धारण गरिएको पौडेलले बताए।
Shares
प्रतिक्रिया