नागढुंगा सुरुङमार्गको अवरोध हट्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहितको टोलीले स्थानीयसँग छलफल गरी अवरोध हटाउन तयार भएका हुन्।
सोमबार बसेको बैठकले स्थानीयका माग सम्बोधन गर्दै मंगलबारबाट काम थाल्ने सहमति भएको छ। फागुन ६ गतेबाट स्थानीयले विभिन्न माग राख्दै सुरुङमार्गको काम अवरोध गरेका थिए।
भौतिक पूर्वाधार तथा यातायात सचिव केशव कुमार शर्माले स्थानीयसँग सहमति भइसकेको नेपालखबरलाई जानकारी दिए।
नागढुंगा सुरुङमार्ग करिब १४ मिटरमात्रै छिचोल्न बाँकी छ। २६ सय मिटर सुरुङमार्ग फागुन २३ गते ‘ब्रेक थ्रु’ गर्ने तयारी रहेको थियो। तर स्थानीय अवरोध र मन्त्री हेरफेर हुँदा समयमै वार्ता नहुँदा लामो समय काम रोकिएको थियो।
मन्त्रालयले विना अवरोध काम भए चैतभित्रै नागढुंगा सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुनेछ।
Shares
प्रतिक्रिया