ad ad

राजनीति


जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, सहकारी ठगी गर्नेलाई गृहमन्त्री बनाइएकोप्रति आपत्ति

जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने, सहकारी ठगी गर्नेलाई गृहमन्त्री बनाइएकोप्रति आपत्ति

नेपालखबर
फागुन ३०, २०८० बुधबार १४:४०, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगि प्रकरणमा जोडिएका रास्वपा सांसद रवि लामिछानेलाई मन्त्री बनाइएको भन्दै आपत्ति जनाएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले आफ्नो पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसकिने बताए।

‘नागरिकता दुई वटा मान्छे, पासपोर्ट दुईवटा भएको मान्छेलाई निर्वाचनले सांसद बनाएन। वर्तमान प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री मिलेर उपप्रधान र गृहमन्त्री बनाउनुभएन? जसलाई गृहमन्त्री बनाउनुभएको छ, उहाँलाई सहकारीको करोडौँ ठगि गरेको आइरहेको छ,’ उनले भने।

९९ प्रतिशतले समर्थन गर्दा पनि आफ्नो पार्टीले समर्थन नगरेको भन्दै आज पनि गर्न नसकिने उनले बताए।

‘कसैले सुन चोर्ने? कसैले सहकारी चोर्ने? कोही मिटरब्याजी बन्ने? यसैका लागि हो सरकार?’ उनले प्रश्न गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .