ad ad

राजनीति


भूमिसुधार मन्त्रीको प्रश्न : बालुवाटारको जग्गा फिर्ता गराउन सरकारले एक्सन लिँदा उफ्रने किन ?

भूमिसुधार मन्त्रीको प्रश्न : बालुवाटारको जग्गा फिर्ता गराउन सरकारले एक्सन लिँदा उफ्रने किन ?

नेपालखबर
फागुन १, २०७६ बिहिबार ६:४५,

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बालुवाटार जग्गा प्रकरण सुशासनको पाइला भएको बताएकी छन्।

सहकारी विभागले गण्डकी प्रदेशका स्थानीय तहका पदाधिकारीबीच सहकारी नियमन तथा प्रबर्द्धन विषयमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले बालुवाटारको जग्गा प्रकरण मुलुकमा सुशासन कायम गर्ने प्रभावकारी पाइला भएको बताएकी हुन्। उनले बालुवाटरको सरकारी जग्गा फिर्ता लिन लिएको एक्सले केहीको छट्पटी बढाएको बताएकी छन्।

‘बालुवाटारको जग्गाबारे धेरैले निकै प्रश्न गरे। दुई पटक त मैले संसदमा जवाफ नै दिएँ’, उनले भनिन्, ‘पहिले सरकारले केही गरेन भन्नेहरु अहिले सरकारले एक्सन लिँदा किन उफ्रिरहेका छन्?’

मन्त्री अर्यालले बालुवाटारको जग्गा सरकारी भएको र सरकारी नै बनाएर छाड्ने प्रतिवद्धता व्यत्तः गरिन्। ‘बालुवाटारको जग्गा सरकारी नै हो, बीचमा कसैले गढबढ गर्न खोजे’, उनले भनिन्, ‘सरकारी जग्गालाई व्यक्तिको नाममा हुन दिइँदैन, सरकारी नै बनाइन्छ।’

बालुवाटार मात्र नभएर देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याइने बताउँदै मन्त्री अर्यालले २६४ विघा सरकारी जग्गा कानुनी रुपमै फिर्ता गरिसकेको बताइन्। १३ विघा फिर्ताको अन्तिम तयारीमा रहेको भन्दै उहाँले ४६७ विघा जमिन फर्काउने गरी प्रस्ताव गरेर प्रक्रिया अगाडि बढाइसकिएको उनले जानकारी दिइन्।

मन्त्रालयले देशभरका सरकारी तथा सार्वजनिक जमिनको प्रोफाइल तयार गर्न लागेको भन्दै उनले सरकारी जग्गाको संरक्षण गर्ने कार्यमा लाग्न स्थानीय तहका जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .