राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज प्रतिनिधि सभा बैठकमा अवरोध गर्ने भएको छ।
संसद् सचिवालयको तालिकाअनुसार आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ।
उक्त बैठकमा राप्रपाले अवरोध गर्ने भएको हो।
राप्रपा स्रोतका अनुसार दूध किसान र लघुवित्त पीडितका समस्या समाधान तथा बालकुमारी घटनाका दोषीलाई कारबाही गरिनुपर्ने माग राखेर राप्रपाले आज संसद् अवरुद्ध गर्ने भएको हो।
‘यस विषयमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएसम्म हामी संसद् चल्न दिँदैनौँ’, राप्रपा स्रोतले शुक्रबार बिहान नेपालखबरसँग भन्यो।
66
Shares
प्रतिक्रिया