नेपाली कांग्रेसको जारी महासमिति बैठकमा समूहगत छलफल जारी छ। प्रदेशको आधारमा सामूहिक छलफलमा महासमिति सदस्यहरूले धारणा राखिरहेका छन्।
मधेस प्रदेशको छलफलमा सहभागी राजेश्वरप्रसाद सिंहले प्रतिवेदनमा मधेशको मुटु छाम्न नसकेको बताए। ‘प्रतिवेदन तयार पार्ने नेताहरूले मुटु छाम्न सकेका छैनन्,’ उनले भने।
मधेस मिटर ब्याजको समस्याले बलिरहेको उनले बताए। उखु किसानको समस्या र खानेपानी लागायत सामाजिक समस्यामा प्रतिवेदन मौन रहेको उनले बताए।
यतिमात्रै होइन, उनले प्रतिवेदनमा ‘मधेश’ हुनुपर्नेमा ‘मधेस’ लेखिएकोमा आपत्ति जनाए। ‘मधेशले मोटो श लेख्छौँ। प्रतिवेदमा पातलो स लेखिएको छ,’ उनले भने, ‘मधेश होइन म देश भन्ने भावना समेट्नु पर्छ।’
36
Shares
प्रतिक्रिया