इन्डियन आइडलबाट बाहिरिएपछि मेनुका पौडेलको पहिलो गीत ‘पल्लो गाउँकी सान्कान्छी’ सार्वजनिक भएको छ।
उमेश राउतको शब्द र सङ्गीतमा रहेको उक्त गीतमा मेनुका पौडेल र सुदीप लामाको आवाज छ।
मायाप्रेमको नै विषय भए पनि मेनुकाका यसअघिका गीतभन्दा फरक किसिमको डान्सिङ नम्बरको गीत सान्कान्छाको लिरिकल भर्सन सार्वजनिक भएको हो।
केटाले जुग जाने पिरती लगाउन जोड गरे पनि मेनुकाले आफू सानै फुच्ची भएको भन्दै तर्किएको गीतमा सुन्न पाइन्छ ।
बुद्ध स्याङ्बोको सङ्गीत संयोजन रहेको गीत ए वान म्युजिसियन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका हुन्। लिरिकल भिडियो दिपेश गिरीले बनाएका हुन् ।
357
Shares
प्रतिक्रिया