आगामी हिउँदे अधिवेशनका सुरु दुई महिनामा १३ दिन बैठक बस्ने गरी कार्यतालिका तयार भएको छ।
आज (शुक्रबार) बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकले राष्ट्रिय सभाको आगामी हिउँदे अधिवेशनअन्तर्गत माघ र फागुन माहिनाका लागि १३ वटा बैठक बस्ने गरी सम्भावित कार्यतालिका स्वीकृत गरेको हो।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सबै संसदीय दलका पदाधिकारी तथा प्रतिनिधिको सहभागितामा बसेको बैठकले संसदको अधिवेशनको प्रारम्भ र अन्त्य हुने दिनका बारेमा संसदलाई पूर्वजानकारी गराउनुपर्ने ठहर पनि गरेको छ। संसद अधिवेशनको सुरू र अन्त्यसम्बन्धी निर्णय सरकारले गर्छ।
पूर्वजानकारी नगराउँदा कार्यतालिका बनाउन असहज भएकोले अबदेखि पूर्वजानकारी गराउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।
संसदको आउने अधिवेशनमा सरकारले कतिवटा र केकस्ता विधेयक दर्ता गराउने हो, सो विषयको जानकारी पनि संसद अधिवेशन प्रारम्भ हुनुभन्दा अगावै संसदलाई जानकारी दिन आग्रह गर्ने तथा राष्ट्रिय सभामा लामो समयदेखि विचाराधीन अवस्थामा रहेको अध्यागमन विधेयक फिर्ता लिने वा अगाडि बढाउने हो भन्ने विषय टुंगो लगाउन पनि सरकारलाई आग्रह गर्ने निर्णय गरेको संसद् सचिवालयले जनाएको छ।
यस्तो छ कार्यतालिका
Shares
प्रतिक्रिया