ad ad

राजनीति


चन्दन रामको घातक बलिङमा एपीएफको चौथो जित दर्ता

चन्दन रामको घातक बलिङमा एपीएफको चौथो जित दर्ता

नेपालखबर
माघ १६, २०८० मंगलबार १५:४१, काठमाडौँ

चन्दन रामको घातक बलिङमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै एपीएफ क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा चौथो जित दर्ता गरेको छ।

प्रतियोगिताको सात खेलमा ४ खेलमा जित र ३ खेलमा हार व्यहोरेको एपीएफको फाइलनमा पुग्ने सम्भावना जिवितै छ। ४ जित निकालेको एपीएफ ८ अंकमा तालिकाको पाचौँ स्थानमा छ।

समान खेल र अकबाट सुदूरपश्चिम भने छैटौँ स्थानमा छ।

मंगलबार भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई ३ विकेटले पराजित गरेको हो। सुदुरपश्चिमले दिएको ८८ रनको झिनो लक्ष्य एपीएफले १४.१ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो।

सन्दीप जोरा १८ र चन्दन राम शून्य रनमा नटआउट रहे। आशिफ शेखले १५ र भुवन कार्कीले १४ रन थपे। प्रदीप ऐरि १२ रन बनाउँदा एलबीडब्लु धरापमा परे।

सुमित महर्जन, कप्तान रोहित पौडेल र अमर राउटेला समान ४ रन बनाउँदै पेभेलियन फर्के। ओपनर लोकेश बम ६ रनमा आउट भए।

दिपक चन्दले ४ विकेट लिएपनि टोलीको हार टार्न सकेनन्। उनले ७ ओभरमा ३६ रन खर्चे।

नरेन साउदले ६ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा एपीएफले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिम १६.२ ओभरमा ८७ रनमा अलआउट भयो।

सुदूरका लागि नारायण जोशी ३१ रनमा नटआउट रहे। खडक बोहोरा २४ रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

सुदूरलाई कम स्कोरमा रोक्न एपीएफका चन्दन रामले ५विकेट लिए। सात ओभर बलिङ गरेका उनले ५१ रन दिए।

६.२ ओभर बलिङ गरेका भुवन कार्कीले १ मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिए।

कप्तान रोहित पौडेलले २ ओभरमा १४ रन दिएर २ विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .