ad ad

राजनीति


महाभियोगबाट सफाइ पाएपछि ट्रम्पले आफ्ना विपक्षीलाई गरे यस्तो गाली

महाभियोगबाट सफाइ पाएपछि ट्रम्पले आफ्ना विपक्षीलाई गरे यस्तो गाली

नेपालखबर
माघ २४, २०७६ शुक्रबार २:३२,

महाभियोगमा सफाइ पाएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध विष वमन गरेका छन्।

अमेरिकाको माथिल्लो सदनले महाभियोगबाट उन्मुक्ति दिएको १ दिनपछि ट्रम्पले ह्वाइट हाउसमा  ‘विजय उत्सव’ आयोजना गर्दै आफ्ना विपक्षीलाई निम्नस्तरका शब्दमा गाली गरेका हुन्।

बीबीसीका अनुसार ह्वाइट हाउसकाे इस्ट रूममा आफ्ना समर्थक एवं मन्त्रिमण्डलका अधिकारीमाझ  ट्रम्पले वरिष्ठ डेमोक्र्याटहरूलाई ‘दुष्ट, स्वार्थी र बेकार’का मानिस भनेका हुन्।

झन्डै १ घण्टा चलेको कार्यक्रममा ट्रम्पले आफूबाट केही कमीकमजोरी भए पनि यसरी महाभियोगै लगाउनुपर्ने गलत काम नगरेको दाबी गर्दै उनले भने, ‘त्यो दुष्टता थियो, त्यो बेइमानी थियो।’

बीबीसीका अनुसार त्यो आफ्नो औचित्य, कुन्ठा र चिढ्याइ दर्शाउँदै आत्मप्रशंसा गर्ने र आफ्नो बाटोमा आउने राजनीतिक प्रतिद्वन्द्वीलाई अपमानजनक व्याख्या गर्ने कार्यक्रम थियो।

रिपब्लिकनहरूको बाहुल्य रहेको सिनेटले महाभियोगमा दिएको सफाइलाई ट्रम्पले आफूमाथिको पूर्ण अनुमोदनको रूपमा अर्थ्याए।

आफ्ना विरोधीहरूको अपमान गर्दै ट्रम्पले ती क्षुद्र, घिनलाग्दा र खराब मानिस भएकाे बताए।

सफाइ पाएपछिको उनको उत्सव सन् १९९९ मा राष्ट्रपति बिल क्लिन्टनले त्यस्तै सन्दर्भमा गरेको भन्दा फरक थियो।

त्यसबेला महाभियोग सामना गरेका क्लिन्टनले अमेरिकी जनतासामु मलिन ढंगले माफी मागेका थिए।

याे पनि :

अन्ततः अमेरिकी राष्ट्रपतिले पाए महाभियोगबाट उन्मुक्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .