ad ad

राजनीति


मोदीले भने : २० वर्षदेखि गाली खाँदा–खाँदा ‘गाली–प्रुफ’ भइसकेँ

मोदीले भने : २० वर्षदेखि गाली खाँदा–खाँदा ‘गाली–प्रुफ’ भइसकेँ

नेपालखबर
माघ २३, २०७६ बिहिबार ११:५७,

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई गालीले कुनै प्रभाव पार्न छाडेको बताएका छन्।

बिहीबार लोकसभामा डेढघण्टा भन्दा बढी सयम सम्बोधन गरेका मोदीले सरकारको बचाऊ गर्दै विपक्षी दल कंग्रेस र नेता राहुल गान्धीमाथि हमला गरे। उनले बुधबार कांग्रेसका नेता राहुल गान्धीले आफूलाई युवाहरुले ६ महिनापछि लौरीले हान्न थाल्ने भनाइको जवाफ समेत दिए। राहुलले बुधबार दिल्लीमा भएकाे एक कार्यक्रममा मोदी सरकार संविधानको विरुद्धमा गएको, भारतमा बेरोजगारीको संख्या बढाउँदै लगेको आरोप समेत लगाएका थिए।

‘एक कांग्रेसी नेताले ६ महिनामा मान्छेले मलाई लाठीले कुट्छन् भनेर भनेका छन्। राम्रो भयो, पहिले भनियो। म तयारी गर्छु, सूर्य नमस्कारको संख्या बढाउनेछु’, प्रधानमन्त्री मोदीले भने, ‘२० वर्षदेखि मानिसहरूले मलाई यसरी गाली गरिरहेका छन् कि मलाई गालीले छुनै छाड्यो।’ उनले ६ महिनापछि लाठी खानका लागि आफूले पिठ तयारी अवस्थामा राखेको बताए।

एउटा रेलमा यात्रा गरिरहेका मानिसहरुले एउटै आवजलाई पनि फरक फरक रुपमा सुनेको कथा उल्लेख गर्दै सम्बोधन अगाडि बढाएका मोदीले राहुललाई ढिलो बुझ्ने नेताको संज्ञा दिए।

प्रधानमन्त्री मोदीले राष्ट्रपतिले लोकसभालाई सम्बोधन गरेको धन्यवाद धन्यवाद प्रस्ताव पारित गर्ने क्रममा मोदीले यस्तो बताएका हुन्। मोदीले बोल्दै गर्दा कांग्रेस नेता राहुलले पनि केही बोलीरहेका थिए। तर, सदनको चर्को आवाजले उनको बोली सुनिएन्। राहुलको बोलीलाई संकेत गर्दै मोदीले भने, ‘म पछिल्लो ३०–४० मिनटदेखि बोलिरहेको छु, उहाँसम्म बोली बल्ल पुगेछ। ... केही ट्युबलाई यस्तै गरी बल्दछन्।’

मोदीले भने, ‘कांग्रेसको समयमा संविधानको स्थिति के थियो, जनताको अधिकारको स्थिति के हो, म उनीहरुलाई सोध्न चाहन्छु। यदि संविधान यति महत्वपूर्ण छ भने यसलाई कसले जम्मू कस्मिरमा लागू गर्नबाट रोकेको थियो?’

उनले कांग्रेससँग अरु केही मुद्दा नभएर दिनकै सय पटक संविधान बचाउँ भन्दै हिँडेको आरोप लगाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .