राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बालुवाटार जग्गा प्रकरण न्यायालयका लागि अग्निपरीक्षा भएको बताएका छन्।
बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारसहित तीन पूर्वमन्त्री र पूर्वसचिवसहित १७५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेपछि अध्यक्ष थापाले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले यो कदम भ्रष्टाचारविरुद्ध महत्वपूर्ण भएको भन्दै अख्तियारलाई धन्यवादसमेत दिएका छन्।
अख्तियारले मुद्दा अदालतमा दर्ता गरेपछि न्यायलयको अग्निपरीक्षा सुरु भएको भन्दै उनले निर्दोष पर्न नहुने र अपराधीले उन्मुक्ति पाउन नहुने बताएका छन्।
‘ललिता निवास जग्गा प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेर भ्रष्टाचार विरुद्ध महत्वपूर्ण कदम चालेको छ। अख्तियारलाई धन्यवाद’, अध्यक्ष थापाले ट्विटरमा लेखेका छन्, ‘अब न्यायालय अग्निपरीक्षामा छ।निर्दोष कोही नपरुन्, अपराधी कसैले उन्मुक्ति नपाउन्।’
— Kamal Thapa (@KTnepal) February 5, 2020ललिता निवास जग्गा प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेर भ्रष्टाचार विरुद्ध महत्वपूर्ण कदम चालेको छ। अख्तियारलाई धन्यवाद।
अब न्यायालय अग्नीपरिक्षामा छ।निर्दोष कोही नपरुन्,अपराधी कसैले उन्मुक्ति नपाउन्
प्रतिक्रिया