ad ad

राजनीति


विश्वशान्ति पूजामा सहभागी हुन प्रचण्ड पोखरामा

विश्वशान्ति पूजामा सहभागी हुन प्रचण्ड पोखरामा

वाशुदेव मिश्र
माघ २१, २०७६ मंगलबार १३:५२,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल मंगलबार पोखरा आएका छन्। पोखराको रातोपैह्रोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजना भएको विश्वशान्ति पूजामा भाग लिन उनी पोखरा आएका हुन्।

संग्रहालयमा चलेको विश्वशान्ति पूजा बुधबार सकिँदैछ। पोखरा आएका उनी मंगलबार पोखरा महानगरपालिका वडा नम्बर ११ मा पर्ने काहुँडाँडा पनि पुगे। फुर्सदको समयमा उनले काहुँडाँडाबाट पोखराको अवलोकन गरेको प्रेस संगठनका गण्डकी सहसंयोजक त्रिभुवन पौडेलले जानकारी दिए । पोखरामै बस्ने गरि आएका उनीसँग पार्टीका कार्यकर्ताले भेटघाट गरेका थिए।

नेपाल पर्वतारोहण संघ अन्नपूर्ण च्याप्टरका अध्यक्ष कृष्ण काफ्लेका अनुसार पूजाको मुख्यदिन बुधबार भक्तहरुलाई वाङ (प्रसाद ) खुवाइने छ। प्रमुख अतिथि प्रचण्डले पूजासँगै आयोजित समापन कार्यक्रमलाई सम्बाेधन गर्नेछन् भने त्यसपछि संग्रहालयको वार्षिकोत्सव मनाइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .