ad ad

राजनीति


सांसद महतलाई निरु पालको जवाफ : तपाईं एकदिन मात्रै छाउगोठमा बसेर देखाइ दिनुहोस्

सांसद महतलाई निरु पालको जवाफ : तपाईं एकदिन मात्रै छाउगोठमा बसेर देखाइ दिनुहोस्

नेपालखबर
माघ २१, २०७६ मंगलबार ८:३१,

सांसद निरुदेवी पालले संसदमै छाउगोठ भत्काएको भन्दै विरोध गर्ने सांसदलाई एकदिन मात्रै छाउगोठमा बसेर देखाउन चेतावनी दिएकी छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसद पालले सरकारले सुदूरपश्चिम र मध्यपश्चिमका छाउगोठ भत्काउने काम गरेकोमा धन्यवाद दिइन्। उनले छाउगोठ भत्काएकोमा विरोध गर्नेलाई एकदिन मात्रै छाउगोठमा बसेर देखाउन चुनौति दिएकी छन्।

उनले डलरको खेती गर्नेहरुले छाउगोठ भत्काएको विरोध गर्नु स्वभाविक भए पनि जनताको प्रतिनिधिले त्यसको विरोध गर्नुको कारण आफूले बुझ्न नसकेको बताइन्।

‘डलर खेती गर्नेहरुको टाउको दुख्नु स्वभाविक हो, किनभने घरहरु देखाएर आयस्रोत बटुल्ने प्रयास थियो’, उनले भनिन्, ‘अरुको टाउको दुखाइको विषय हुनुपर्नुको कारण मैले बुझ्न सकेकी छैन। त्यस्तो टाउको दुखाई हुनुपर्ने दाजुभाइ हुनुुहन्छ भने कम्तिमा पनि एक दिन मात्रै बसेर देखाइ दिनुहुन अनुरोध गर्दछु।’

सुुदूरपश्चिमेली र कर्णालीका जनताहरुले टाउको उठाउन खोजेका बेला त्यसलाई रोक्नका लागि यस्ता हल्ला चलाइएको उनको भनाइ थियो।

सांसद पालले गृहमन्त्रालयले सोमबारसम्म सुदूरपश्चिम र मध्यपश्चिमका १२ जिल्लाका ८ हजार ७ सय छाउगोठ भत्काइसकेको जानकारी दिइन्।

केही अघि प्रतिनिधिसभाको बैठकमा जुम्लाका सांसद गजेन्द्र महतले छाउगोठ भत्काउने गृह मन्त्रालयको कार्यको विरोध गरेका थिए। उनले गृह मन्त्रालयले काम नपाएर आफ्ना घर भत्काउँदै हिँडेको आरोप समेत लगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .