ad ad

राजनीति


कुटपिटबाट नेकपा अध्यक्षको खुट्टा भाँचियो, थप उपचारका लागि काठमाडौँ लगियो

कुटपिटबाट नेकपा अध्यक्षको खुट्टा भाँचियो, थप उपचारका लागि काठमाडौँ लगियो

नेपालखबर
माघ १८, २०७६ शनिबार ६:५९,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का आलिताल गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ।

शुक्रबार उनलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको हो।

आलिताल गाउँपालिका–३ को वडा बैठकमा सहभागी हुनका लागि बैठकस्थलतर्फ जाने क्रममा उनलाई अपहरण गरी कुटपिट गरेको नेकपा जिल्ला कमिटी डडेल्धुराले विज्ञप्तिमार्फत जनाएको छ।

आलितालभन्दा करिब ५०० मिटरमाथि चौरवण्डले भन्ने स्थानमा मुखुण्डोधारी समूहले जोशीमाथि कुटपिट गरी गम्भीर घाइते बनाएको नेकपा जिल्ला कमिटी सचिव वीरेन्द्रकुमार बस्नेतले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीको नेतृत्वमा खोजतलास गर्दा जोशी निर्घात कुटपिट गरी अलपत्र अवस्थामा भेट्टिएको बताइएको छ। अज्ञात समूहको कुटपिटबाट जोशी गम्भीर घाइते भएका छन्। उनको खुट्टा भाँच्चिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ।

अध्यक्ष जोशीलाई उपचारका लागि काठमाडौँ लगिएको छ। गम्भीर घाइते भएका उनलाई यसअघि उपचारका लागि धनगढी सिफारिश गरिएको थियो। धनगढीमा पनि उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको नेकपा डडेल्धुराले जनाएको छ।

जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर अपहरण र कुटपिटबाट जोगिएको बताइएको छ।

नेकपा डडेल्धुराले यस्ता घृणित क्रियाकलापमा संलग्नलाई यथाशीघ्र खोजी कानूनबमोजिम हदैसम्म कारबाहीको मागसमेत गरेको छ।

घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक जोशीले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .