ad ad

राजनीति


प्रधानमन्त्रीकै शुभकामना सन्देशमा छैन नेपाल संवत्!

प्रधानमन्त्रीकै शुभकामना सन्देशमा छैन नेपाल संवत्!

नेपालखबर
कात्तिक २८, २०८० मंगलबार ९:४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै ‘विशेष पहलमा’ नेपाल संवत्‌लाई राष्ट्रिय संवत्ंको मान्यता मात्र दिइएन, यसलाई व्यवहारमै कार्यान्वयन गर्ने निर्णय हिजो मात्र सरकारले गर्‍यो। 

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकको पहिलो निर्णयमै भनिएको छ,  ‘मिति २०८०/७/२८ (आज) देखि सुरु हुने नेपाल संवत् ११४४ को उपलक्ष्यमा सबै नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्ने। नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत्ंसमेत उल्लेख गर्ने।’

तर आज नेपाल संवत् ११४४ सुरु भएको उपलक्ष्यमा प्रधानमन्त्री प्रचण्डले जारी गरेको शुभकामना सन्देशकै मितिमा विक्रम संवत् मात्र उल्लेख गरिएको छ, नेपाल संवत् उल्लेख गरिएको छैन। 

सरकार प्रमुख (प्रधानमन्त्री) ले जारी गर्ने शुभकामना सन्देश पनि सरकारी कागजातभित्रै पर्ला नि? कि पर्दैन? 

हेर्नुहोस् प्रधानमन्त्रीको शुभकामना सन्देश :  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .