ad ad

राजनीति


प्रधानमन्त्रीको कार्यालयमा पुग्यो रास्वपा टोली

प्रधानमन्त्रीको कार्यालयमा पुग्यो रास्वपा टोली

नेपालखबर
कात्तिक २०, २०८० सोमबार १५:२३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा टोली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ।

गत शुक्रबार गएको भूकम्पका कारण पीडित बनेका जाजरकोटसहितका जिल्लाबासीलाई राहत वितरणमा ध्यान पुर्‍याउन आग्रहसहित रास्वपा टोली प्रम कार्यालय पुगेको हो।

रास्वपा टोलीले विगतमा जस्तै राहतमा प्राप्त चामल गोदाममा कुहिन नदिन र कसैले दोहोरो तेहोरो राहत प्राप्त गर्दै गर्दा कसैले राहत पाउँदै नपाउने अवस्था आउन नदिन मुख्यसचिवमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको हो। 

पार्टी उपसभापति डोलप्रसाद अर्यालको नेतृत्वमा रास्वपा सांसदहरुको टोली अहिले प्रधानमन्त्री कार्यालयमा पुगेको महामन्त्री मुकुल ढकालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .