ad ad

राजनीति


प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, भूकम्प पीडितका लागि राहत घोषणा गरिने

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, भूकम्प पीडितका लागि राहत घोषणा गरिने

भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड।


नेपालखबर
कात्तिक १८, २०८० शनिबार १३:२७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। भोलि (आइतबार) बिहान ८ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्य किरणले जानकारी दिए। 

आइतबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले जाजरकोट भूकम्प प्रभावितहरूका लागि राहत प्याकेज घोषणा गरिने उनले बताए। 

गएराति ११ः४७ बजे जाजरकोटको बारिकोट गाउँपालिका(१, रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो। 

भूकम्पमा परी १३८ जनाको निधन भएको गृह मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टोली भूकम्प प्रभावित क्षेत्र पुगेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .