ad ad

राजनीति


नेविसंघको अध्यक्षमा राजीव ढुंगाना, महामन्त्रीमा कुँवर र वैद्य

नेविसंघको अध्यक्षमा राजीव ढुंगाना, महामन्त्रीमा कुँवर र वैद्य

नेपालखबर
माघ १६, २०७६ बिहिबार ७:४७,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय तदर्थ समिति गठन भएको छ।

नेविसंघ वि.सं. २०७५ माघ २९ गतेबाट विघटन नेविसंघ बिहीबार तदर्थ समिति गठन गरिएको हो। तदर्थ समितिको अध्यक्षमा सुनसरीका राजीव ढुंगाना रहेका छन्। त्यस्तै महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरलाई मनोनयन गरिएको छ। उनीहरु तीनै जना सभापति शेरबहादुर देउवा पक्षधर हुन्।

पौडेल र सिटौला पक्षले नाम नदिँदा तदर्थ समितिले भने पूर्णता पाएका छैनन्। यसअघि सभापति देउवा निवासमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकमा सहमतिमा नेविसंघको तदर्थ समिति गठन गर्ने भनिए पनि संस्थापन पक्ष एक्लैले तदर्थ समिति गठन गरेको हो। यसबारे पौडेल र सिटौला पक्षले भने कुनै प्रतिक्रिया दिएका छैनन्।

कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समितिको २०७५ फागुन १ गतेको बैठकको निर्णय र नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) बमोजिम नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति गठन गरेको कांग्रेसले जनाएको छ।

तदर्थ समिति गठनपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२औं महाधिवेशन जिम्मेवारी दिइएको उल्लेख छ। त्यस्तै समितिले आगामी १२ औं अधिवेशनसम्म नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले प्रयोग गर्ने विधान बमोजिमका काम, कर्तव्य र अधिकारको प्रयोग गर्न पाउने र तदर्थ कार्यसमितिमा रहेकाहरु आगामी केन्द्रीय अधिवेशनमा उम्मेदवार हुन नपाउने भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .