ad ad

राजनीति


निजामती कर्मचारीलाई सरकारले भन्यो– खटाएको ठाउँमा सात दिनभित्र जानू

निजामती कर्मचारीलाई सरकारले भन्यो– खटाएको ठाउँमा सात दिनभित्र जानू

नेपालखबर
असोज १२, २०८० शुक्रबार २०:३४, काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सात दिनभित्र रमाना लिएर सरकारले खटाएको ठाउँमा हाजिर हुन निजामती कर्मचारीहरूलाई अनुरोध गरेको छ। 

माना भई जानुपर्नेमा हालसम्म पनि रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको भन्दै मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सात दिनभित्र उपस्थित भई त्यसको जानकारी मन्त्रालयमा गराउन समेत आग्रह गरेको छ। 

‘यस मन्त्रालयको प.सं. २०७९।८० २०८० । १।२७ गतेको पत्र प्राप्त गर्नुभएकै होला। सोही सन्दर्भमा यस मन्त्रालय लगायत सबै मन्त्रालयहरुबाट विभिन्न मितिमा निजामती सेवा ऐन, २०४९ को दफा १५ को उपदफा (१) बमोजिम पदस्थापन गरिएका, दफा १८ को उपदफा (१) बमोजिम सरुवा गरिएका, दफा १८क. बमोजिम काज खटाइएका तथा काज फिर्ता गरिएका, कर्मचारी समायोजन ऐन, २०७५ को दफा ९ को उपदफा (९) र दफा ११ को उपदफा (२) बमोजिम कामकाज गर्न खटाइएका तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न खटाइएका संघीय निजामती कर्मचारीहरु प्रचलित कानून बमोजिम सरुवा/पदस्थापन / कामकाज / काजमा खटाइएका र काज फिर्ता गरिएका निकाय/कार्यालयमा रमाना भई जानुपर्नेमा हालसम्म पनि रमाना नलिएका कारण सार्वजनिक सेवा प्रवाहमा प्रत्यक्ष असर परेको हुँदा तत् तत् कर्मचारीहरुलाई निजामती सेवा नियमावली, २०५० को नियम ४० बमोजिम रमाना दिई ७ (सात) दिनभित्र यस मन्त्रालयमा जानकारी गराउनु हुन माननीय मन्त्रीस्तरको मिति २०८० । ०६ । १२ को निर्णयानुसार अनुरोध छ।’, मन्त्रालयले भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .