ad ad

राजनीति


मधेसको समृद्धिका लागि एमाले नेतृत्वको सरकार चाहिन्छ : योगेश भट्टराई

मधेसको समृद्धिका लागि एमाले नेतृत्वको सरकार चाहिन्छ : योगेश भट्टराई

नेपालखबर
असोज ११, २०८० बिहिबार १९:१८, काठमाडौँ

नेकपा(एमाले)का सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेसमा सुशासन र आर्थिक समृद्धि हासिल गर्न नेकपा(एमाले)को सरकार आवश्यक रहेको बताएका छन्।

बिहीबार नेकपा(एमाले) मधेस प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले मधेसमा सुशासन कायम गर्न र आर्थिक, सामाजिक समृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताएका हुन्। 

‘आर्थिक अनियमितताका धेरै केसहरू मधेशमा छन्। त्यसले गर्दा मधेशको सुशासन कमजोर देखिन्छ। स्थानीय तहमा पनि देखिन्छ। प्रदेश सरकारमा पनि देखिन्छ। त्यसो हुनाले मधेसको जनतालाई सहज ढंगले सेवा प्रवाह गर्नका लागि सुशासनको प्रत्याभुति गर्ने, वित्तिय अनुशासन कायम गर्ने कुरा हामीले उठाएका छौँ,’ उनले भने, ‘यो मधेसले सिंगो मानव जातिको हितको निम्ति लड्यो। तरपनि मधेसमा जुन तहको स्वाभिमान कायम हुनुपथ्र्यो त्यो कायम हुन सकेको छैन। त्यसकारणले हामीले मधेसी जनताको र मधेसको स्वाभिमानलाई माथि उठाउने र मधेशको आर्थिक, सामाजिक समृद्धिको काम गर्नको निम्ति एमालेको सरकार चाहिन्छ।’

उनले अघिल्लो पाँच वर्षको कार्यकाल र अहिलेको एक वर्षे कार्यकाल हेर्दा मधेस प्रदेशमा एमालेको बहुमतसहितको मुख्यमन्त्री हुनुपर्ने आवश्यकता देखिएको बताए। उनले मधेशी समुदायको स्वाभिमानलाई माथि उठाउन पनि मधेश सरकारको नेतृत्व एमालेले गर्नुपर्ने बताए।

सचिव भट्टराईले २०८४ सालमा मधेस सरकार एमाले नेतृत्वमा बनाउने गरी अघि बढ्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए।

‘सिंगो मधेशलाई विकास निर्माण र सामाजिक न्यायको प्रत्याभुति गर्ने, मधेशलाई आर्थिक हिसाबले समुन्नत गर्ने, सामाजिक हिसावले समन्नुत गर्ने, यहाँ भएका विभेदहरुलाई अन्त्य गर्ने र समग्रतामा समृद्धि हासिल गर्ने काम नेकपा(एमाले)को नेतृत्वबाट मात्रै सम्भव छ। किनकी हामीले गएको पाँच वर्ष कुनै पार्टीको मुख्यमन्त्री भएको सरकार हेरिसक्यौँ। अहिले एक वर्ष पनि हेरिसक्यौँ,,’ उनले भने, ‘यो साडे ६ वर्षको अवधिमा मधेसमा नेकपा(एमाले)को मुख्यमन्त्रीसहित बहुमत हुनुपर्छ भन्ने जनताको अनुभुति हामीले प्राप्त गरेका छौँ। त्यसकारणले ८४ सालका लागि नेकपा(एमाले)को सरकार यो हाम्रो नारा हुन्छ। यही नाराको सेरोफेरोमा हामी सबै मधेशी समुदायलाई गोलबन्द गर्नेछौँ।’

एमाले मधेस प्रदेशको अधिवेशन जनकपुरधाममा असोज २४ र २५ गते हुने भएको छ।

आज जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै मधेश प्रदेशको पहिलो अधिवेशनको लोगो र नारा सार्वजनिक गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .