ad ad

राजनीति


राष्ट्रपतिको रात्रिभोजमा शीतल निवास गएनन् केपी ओली र बालेन्द्र शाह

राष्ट्रपतिको रात्रिभोजमा शीतल निवास गएनन् केपी ओली र बालेन्द्र शाह

फाइल तस्बिर


नेपालखबर
असोज ३, २०८० बुधबार २१:३४, काठमाडौँ

नवौँ संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सहभागी भएनन्। 

राष्ट्रपति राचन्द्र पौडेलले बुधबार साँझ आयोजना गरेको रात्रिभोजमा अन्य कयौँ भीआइपीहरु पुग्दा यी दुईजना निम्तालु सहभागी नभएका हुन्।

रात्रिभोजमा उपराष्ट्रपति रामसहाय यादव, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल र झलनाथ खनाल सहभागी थिए।

त्यस्तै, पूर्वसभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतो, सहरी विकासमन्त्री सीता गुरुङ पनि कार्यक्रममा थिए। त्यस्तै नेपालस्थित कूटनीतिक निकायका कयौँ प्रमुख र प्रतिनिधि पनि सहभागी भए।

तर प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री ओली र काठमाडौं महानगरपालिकाका मेयर शाह त्यसमा सहभागी भएनन्। राष्ट्रपति कार्यालयका अनुसार एमाले अध्यक्ष ओली र मेयर शाह दुवैलाई रात्रिभोजको निम्तो थियो। 

ओली एमालेले नक्सालको नारायणचौरमा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा सहभागी भए। त्यहीकारण उनी शीतल निवासको कार्यक्रममा सहभागी नभएको एमालेका एक नेताले जानकारी दिएका छन्। ओली बुधबार बिहान नारायणचौरमै भएको राष्ट्रिय झन्डासँग सेल्फी कार्यक्रममा पनि सहभागी थिए।  

यसअघि राष्ट्रपति पौडेलले डाकेको सर्वदलीय बैठक पनि एमाले अध्यक्ष ओली गएका थिएनन्। उता बालेन संघीय सरकार र त्यसका अंगबाट हुने कार्यक्रमको बेवास्ता गर्दै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .