ad ad

राजनीति


एमालेले अबदेखि पार्टी कार्यक्रममा कसैलाई आसन ग्रहण नगराउने

एमालेले अबदेखि पार्टी कार्यक्रममा कसैलाई आसन ग्रहण नगराउने

फाइल तस्बिर


नेपालखबर
साउन ३१, २०८० बुधबार २१:२०, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अबदेखि पार्टीको कार्यक्रममा कसैलाई पनि आसन ग्रहण गराएर अतिथि नराख्ने भएको छ।

गत सोमबार बसेको पार्टीको सचिवालय बैठकले पार्टीको बैठकमा कसैलाई पनि आसन ग्रहण नगराउने निर्णय गरेको अध्यक्ष केपी शर्मा ओलीले बुधबार एक कार्यक्रममा जानकारी दिए।

देशको अर्थतन्त्रबारे पार्टीको धारणा सार्वजनिक गर्न होटल र्याडिसनमा बुधबार आयोजित कार्यक्रममा उनले लम्बेतान अतिथि आसन गराउने कुरा गलत भएको बताए।

ओलीले आफू पनि अबदेखिका कार्यक्रममा दर्शकदीर्घामै बस्ने पनि बताए। अतिथिको लामो सूचीको कारण राम्रा कार्यक्रम पनि खल्लो हुने गरेको ओलीको भनाइ थियो।

ओलीले अबदेखि कुनै पनि कार्यक्रममा व्याच र खादा लगायत तामझामपूर्ण व्यवस्था पनि हटाउँदै लैजाने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .