ad ad

कारोबार


तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलनको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक

तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलनको इन्टरनेट पार्टनरमा वर्ल्डलिंक

नेपालखबर
साउन ३१, २०८० बुधबार २१:३९, काठमाडौँ

नेपाल सरकार, राष्ट्रिय युवा परिषद्, बागमती प्रदेश सरकार र नेपाल बिजनेस इन्स्च्यिुट (एनबीआई) ले संयुक्तरुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता सिखर सम्मेलनको तेस्रो संस्करणमा वर्ल्डलिंक कम्युनिकेशन इन्टरनेट साझेदारकारुपमा सहकार्य गर्ने भएको छ।

सम्मेलनमा सहकार्यबारे बुधवार सम्मेलन मुल आयोजक कमिटिका संयोजक विशाल गैरे र वर्ल्डलिंक कम्युनिकेशनका सञ्चालक मनोज अग्रवालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

डिजिटल नेपाल निमार्णमा सहकार्य गरिरहेको वर्ल्डलिंकले युवा उद्यमीहरुलाई प्रोत्साहन र उद्यमशीलताको वातावरण निमार्णका लागि सम्मेलनमा साझेदारी गरेको वर्ल्डलिंकका सञ्चालक मनोज अग्रवालले बताए।

उनका अनुसार वर्ल्डलिंकले संस्तो, गुणस्तरीय र सर्वसुलभ इन्टरनेट प्रदान गरी देशभरकै युवाहरुलाई इन्टरनेटको पँहुच ल्याउनका लागि प्रयास गरिरहेको छ।

त्यसैगरी नेपाल बिजनेस इन्स्च्यिुटका अध्यक्षसमेत रहेका सम्मेलनका संयोजक विशाल गैरेले युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुलाई सहजीकरण गर्ने, सरकारको निति, कार्यक्रम र बजेट युवाद्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलतामार्फत समृद्धी हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३०  का निमार्ण एवं कार्यान्वयनका लागि यो शिखर सम्मेलन उपलब्धीमुलक हुने बताए। उनका अनुसार ७० जिल्लामा ५०० युवा उद्यमीहरु सिखर सम्मेलनमा सहभागी हुने छन्।  

प्रधानमन्त्रीले उद्घाटन गर्ने यो वर्षको सम्मेलनमा ‘युवा नर्वप्रवर्तन : लगानी र समृद्धी’ भन्ने मुल नारा तय गरिएको छ।

यो सम्मेलनले कोभिड १९ र पछिल्लो वित्तीय चुनौतिको समाधान पहिल्याउन तथा युवा उद्यमशीलता प्रवद्र्धनका लागि लगानीका प्राथमिकता प्राप्त क्षेत्रको पहिचान गरी स्टार्टअप उद्यममा युवाहरुको आकर्षण बनाउनका लागि, युवा उमेर समुहका उद्यमी बन्न चाहने युवाहरु, उद्यम गरिरहेका युवाहरु र स्टार्टअपमा लगानी गरिरहेका लगानीकर्ताबिचको उच्चस्तरीय नेटवर्किङ् र लगानी सम्झौताका लागि र युवाहरुमा बित्तिय पँहुच, सरकारी नीति, करनीति, स्टार्टअप प्रोगाम, स्टोरी सियरिङ, समूहगत छलफल, र स्टाटअर्प बिजनेसबारे युवा उद्यमीहरुको क्षमता अभिवृद्धि र उद्यमको वृद्धि विकासमा यो शिखर सम्मेलन महत्वपूर्ण हुने आयोजकको विश्वास रहेको छ।

सम्मेलनलमा युवा उद्यमशीलताको विकास, प्रवद्र्धन र बिस्तारबारे उच्चस्तरको परिसंवाद, अनुभव आदानप्रदान, स्टोरी सेयरिङ्, समूहगत छलफल, नेटवर्किङ्, सफल युवा उद्यमीहरुको प्रस्तुती, कम्पनी दर्ता र उद्यमी कर्जा डेक्समार्फत परामर्ष, उद्यमी मेला, विश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको प्रर्दशनी, लगानी सम्झौतालगायतका कार्यक्रमहरु रहेका छन्।  

सम्मेलनमा विभिन्न सरकारी निकाय, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदार निकायको सहकार्य रहने छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .