ad ad

राजनीति


माधव नेपाल भन्छन्- हामी इमान्दार बन्न सकेका छैनौँ

माधव नेपाल भन्छन्- हामी इमान्दार बन्न सकेका छैनौँ

नेपालखबर
साउन १६, २०८० मंगलबार १५:१०, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले इमान्दारीताबाट मात्रै देशले सफलता प्राप्त गर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष नेपालले सबै नेताहरू बन्नुपर्ने जति इमान्दार बन्न नसकेको बताएका हुन्। 

उनले देश बनाउने भावना जागृत भएमात्रै देश विकास हुने बताए। उनले आफूलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्न खोज्दा देशको विकास नभएको बताए। 

‘जे सुकै गर्नका लागि पहिलो कुरा इमान्दारीता हो। आफूप्रति इमान्दार हौं। आफ्नो पढाईप्रति इमान्दार हौं। र, मिहिनेती बन्नुपर्छ’ अध्यक्ष नेपालले भने, ‘इमान्दार र मेहनती भयोभने जस्तो सुकै क्षेत्रमा पनि सफल हुन सकिन्छ। अल्छी मान्छेले केही गर्न सक्दैन। अल्छी हुनुहुँदैन, ढाँट्न हुँदैन, छलछाम गर्नुहुँदैन।’

नेपालले कुनैपनि कार्य गर्न इमन्दारिता मुख्य कुरा रहेको भन्दै सबै व्यक्ति आफूप्रति इमान्दार हुनुपर्ने बताए।

‘हामी आफ्नो देश बनाउन सक्छौं की सक्दैनौं भन्ने प्रश्न खडा भएको छ। हामी नेपालीहरू देश निर्माण गर्नका लागि सक्षम छौं की छैनौं? यी प्रश्नहरू विभिन्न देशमा उठेका छन्,’ नेपालले भने, ‘हामी सबै बन्नुपर्ने जति इमान्दार बनेका छैनौं। हामी देश बनाउने भावनाले ओतप्रोत बनेका छैनौं। हामी आफूलाई केन्द्रबिन्दुमा राख्ने गरेका छौं। देश र जनतालाई केन्द्रबिन्दुमा राखेका छैनौं।’ 

नेपालले संविधानमा अधिकारहरु थुप्रै दिएपनि लागू हुने कुरामा कमी देखिएको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .