ad ad

राजनीति


सूचना प्रविधि विधेयक फिर्ता गर्न कांग्रेस रुपन्देहीको माग

सूचना प्रविधि विधेयक फिर्ता गर्न कांग्रेस रुपन्देहीको माग

नेपालखबर
माघ ५, २०७६ आइतबार १०:५३,

नेपाली कांग्रेस रुपन्देहीले सूचना प्रविधि विधेयक फिर्ताको माग गर्दै आज रुपन्देहीमा प्रदर्शन गरेको छ। विधेयकमा नागरिकका अधिकार कुण्ठित गर्ने प्रावधान रहेकाले त्यसलाई सच्याउनुपर्ने काँंग्रेसको माग छ।

नेपाल विशेष सेवा गठन र सञ्चाल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तथा सूचना प्रविधि विधेयक लगायत तत्काल सच्याउन माग गर्दै काँग्रेसले जिल्ला प्रशासनमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाएको छ।

पार्टीको पूर्वघोषित कार्यक्रमअन्तर्गत जिल्ला सदरमुका भैरहवामा विरोद र्‍यालीसहित प्रदर्शन गरेर प्रमुख जिल्ला अधिकारी महादेव पन्थ मार्फत प्रधानमन्त्रीलाई पत्र बुझाएको हो। विरोध र्यालीसहित काँग्रेसले भैरहवाको बजार परिक्रमासमेत गरेको थियो । जिल्ला सभापति अब्दुल रज्जाकले संविधानले ग्यारेन्टी गरेको बोल्न, लेख्न पाउने अधिकारलाई बन्देज लगाउन सरकारले सूचना प्रविधि विधेयक ल्याएको भन्दै त्यसलाई तत्काल सच्याउन आग्रह गरे ।

सामाजिक संजालमा लेखेकै भरमा नागरिक जेल जानु पर्ने प्रावधानले आम नागरिकको अभिव्यक्ति स्वतन्त्राको हक कुण्ठित भएको काँग्रेसको आरोप छ । काँग्रेसले आज ७७ जिल्लामै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

सामाजिक संजालमा नागरिकको पहुँच बढ्दै जाँदा सरकारले गरेका गलत कामको चर्को आलोचना हुन थालेपछि अत्तालिएर विधेयक ल्याइएको रज्जाले आरोप लगाए । विधेयकको दफामा सामाजिक सञ्जालमा कसैले जिस्कायो, होच्यायो र गालीगलौज गरेमा मुद्दा हाल्न पाउने प्रावधान छ ।

विधेयकमा यसो गरेका ५ वर्ष कैद र १५ लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ । विधेयक नसच्याए काँग्रेसले थप आन्दोलन गर्ने रज्जाकले चेतावनी दिए । ज्ञापन पत्र बुझ्दै प्रजिअ पन्थले पत्र आज नै प्रधानमन्त्री कार्यालय पठाउने जनाए । र्यालीमा काँग्रेसका जिल्लास्तरीय नेता, कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .