ad ad

कारोबार


हिमालयन बैंकका ग्राहकहरुलाई ७५ स्थानमा विशेष छुट

हिमालयन बैंकका ग्राहकहरुलाई ७५ स्थानमा विशेष छुट

नेपालखबर
माघ ५, २०७६ आइतबार ११:०,

हिमालयन बैंक लिमिटेडले सम्पूर्ण ग्राहकहरुलाई काठमाडौं, पोखरा, चितवनका विभिन्न ७५ भन्दा बढी स्थानमा विशेष छुटको व्यवस्था गरेको छ। आफ्नो २७औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुमाझ सेवा अभिवृद्धि गर्ने उद्देश्यले विशेष छुट दिइएको बैंकले जनाएको छ।

बैंकका ग्राहकहरुले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, गहना गृह, कपडा, चश्मा तथा घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित समाग्री, खेलकुद समाग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक लगायत अन्य स्थानहरुमा भारी छुट पाउने छन्।

बैंकले ती स्थानहरुसँगको सहकार्यमा आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै अधिकतम ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यस बैंकका ग्राहकले आफु हिमालयन बैंकका ग्राहक भएको कुनै पनि परिचय (डेबिट÷क्रेडिट कार्ड, चेक बुक) प्रस्तुत गरेमा उक्त स्थानहरुबाट निर्धारित छुट पाउनेछन्।

ग्राहकबर्गहरुले छुट पाउने स्थान, प्रतिशत तथा समाग्रीहरुको बारेमा विस्तृत जानकारीका लागि हिमालयन बैंककोे अधिकारीक वेबसाइट गई हेर्न सक्नेछन् ।

हाल यो योजना ७५ भन्दा बढी स्थानबाट लागु भएकोमा निकट भविष्यमा बैंकले यस योजना देशभरि कम्तिमा २०० वटा थप स्थानहरुमा विस्तार गरि आफ्ना ग्राहकहरुलाई छुट सुविधा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .