ad ad

राजनीति


फिर्ता नगरेको सरकारी गाडीमै सानेपा पुगे गण्डकीका पूर्वमुख्यमन्त्री पोखरेल

फिर्ता नगरेको सरकारी गाडीमै सानेपा पुगे गण्डकीका पूर्वमुख्यमन्त्री पोखरेल

सरकारी गाडीमै सवार भएर सानेपामा पूर्वमुख्यमन्त्री पोखरेल। तस्बिर : सरोज नेपाल


नेपालखबर
साउन २, २०८० मंगलबार १४:१७, काठमाडौँ

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सरकारी गाडीमै चढेर नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन आएका छन्। 

२०७९ पुस २५ गते पदमुक्त भइसकेका उनले अहिलेसम्म पनि सरकारी गाडी फिर्ता नगरी दुरुपयोग गरिरहेको भेटिएको हो।

उनी मंगलबार दिउँसो मुख्यमन्त्री भएका बेला चढ्ने गरेको ग१झ६०१ नम्बरको रातो सरकारी गाडीमा चढेर सानेपामा झुल्किए। उनले चढिरहेको सरकारी गाडीका चालक पनि सरकारी नै हुन्। 

कांग्रेस बैठकमा आएका पोखरेल। तस्बिर : सरोज नेपाल

उनी मुख्यमन्त्रीबाट हटेदेखि नै उक्त सरकारी गाडी मुख्यमन्त्रीको कार्यालयले फिर्ता पहल गरेको थियो। तर उनले उक्त गाडी अझै फिर्ता गर्न अटेरी गरेका हुन्। 

प्रदेश सरकारका पूर्वमुख्यमन्त्रीहरुलाई सरकारी सवारी र सरकारी चालक पनि दिने कानुनी व्यवस्था छैन। तर पनि उनले ६ महिना बितिसक्दा पनि सरकारी गाडी कब्जा गरेर चढिरहेका छन्।

पोखरेलले चढिरहेको सरकारी गाडी फिर्ता पहल भए पनि अझै स्टोर फाँटमा आइनसकेको गण्डकीको मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी विकास थापा मगरले नेपालखबरलाई बताए। 

थापाका अनुसार फिर्ताका लागि प्रक्रिया अगाडि बढाइए पनि पोखरेलले उक्त गाडी अझै पनि मुख्यमन्त्री कार्यालयको स्टोर शाखामा दाखिला गरिदिएका छैनन्।

सरकारी गाडी फिर्ता नगरेपछि त्यसका चालकलाई अहिले पनि मुख्यमन्त्रीको कार्यालयले नै तलब खुवाइरहेको छ।

पोखरेल २०७८ जेठ २९ गते मुख्यमन्त्री बनेर २०७९ पुस ५ गते बिदा भएका थिए। अहिले गण्डकीमा कांग्रेसकै अर्का नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री छन्। उनी पनि मंगलबार केन्द्रीय कार्य समिति बैठकमा सहभागी हुन सानेपा आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .