ad ad

राजनीति


भ्रष्टाचारीलाई जोगाउन कांग्रेस र कम्युनिस्ट एकै ठाउँमा उभिन्छन् : लिङ्देन

भ्रष्टाचारीलाई जोगाउन कांग्रेस र कम्युनिस्ट एकै ठाउँमा उभिन्छन् : लिङ्देन

राप्रपा जिल्ला समिति झापाको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देन। तस्बिर : मोहन श्रेष्ठ।


नेपालखबर
असार ३०, २०८० शनिबार १४:२३, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारको विषयमा कांग्रेस र कम्युनिष्ट एकैस्थानमा उभिने प्रमाणित भएको बताएका छन्। 

पार्टीको नवीन राप्रपा कार्ययोजना अभियानअन्तर्गत बिर्तामोडस्थित राप्रपा जिल्ला समिति झापाको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्न र भ्रष्टाचारीलाई जोगाउन कांग्रेस र कम्युनिष्ट एकैस्थानमा उभिन्छन् भन्ने घटनाक्रमले प्रमाणित भएको दाबी गरेका हुन्। 

भ्रष्टाचारका ठूला घटना सार्वजनिक भइरहँदा राप्रपाका कोही मानिस नमुछिएको भन्दै उनले ठूलाठूला भ्रष्टाचार काण्डमा कांग्रेस र कम्युनिष्टका नेताहरुको संलग्नता देखिएको र भ्रष्टाचारी जोगाउने कार्यमा पनि उनीहरू एकैस्थानमा उभिएको आरोप लगाए। ​

विदेशीका लागि कम्फर्टेबल सरकारको खोजीमा लाग्ने कांग्रेस र कम्युनिष्ट जनताका लागि कहिल्यै कम्फर्टेबल नभएको भन्दै उनीहरू राष्ट्रियताको विषयमा समेत प्रष्ट नभएको आरोप लगाएका हुन्।

कुनै बेला राप्रपाको सदस्य लिएकालाई रातरात वक्तव्य जारी गर्न लगाउने, जबर्जस्ती कांग्रेस र कम्युनिष्ट पार्टीमा प्रवेश गराउने गरेको घटनाहरुको स्मरण गर्दै लिङ्देनले अहिले ति पार्टी प्रवेश गर्ने क्रम लगभग शुन्य रहेको र कांग्रेस कम्युनिस्ट सर्वाधिक रक्षात्मक बन्दै गएको दाबी समेत गरे। 

राप्रपाले नवीन सोच र दृष्टिकोणका साथ युवा, महिला केन्द्रीत नवीन राप्रपा सम्बन्धि कार्ययोजना ल्याएको र आगामी एक वर्षभित्र दुई लाख पार्टी सदस्य थप गर्ने लक्ष्य लिइएको बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .