ad ad

राजनीति


राप्रपा नेपाललाई धक्का, निवर्तमान कोशी प्रदेश अध्यक्षसहित २६ नेताको राजीनामा

राप्रपा नेपाललाई धक्का, निवर्तमान कोशी प्रदेश अध्यक्षसहित २६ नेताको राजीनामा

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८० आइतबार १३:२८, काठमाडौँ

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ठूलो धक्का लागेको छ।

राप्रपा छाडेर बनाएको राप्रपा नेपालबाट एकसाथ २६ जना नेताले सामूहिक राजीनामा दिएका छन्। 

कोशी प्रदेशमा राप्रपा नेपालका २६ जना नेताले सामूहिक राजीनामा दिँदै पार्टी आफ्नो सिद्धान्तबाट विचलित भएको बताएका छन्। 

यसरी राजीनामा दिनेहरुमा झापासहित कोशी प्रदेशका विभिन्न जिल्लाका नेताहरु छन्। 

राप्रपा नेपालबाट राजीनामा दिनेमा निवर्तमान कोशी प्रदेश अध्यक्ष वासुदेव भट्टराईसहितका छन्। उनी झापाका नेता हुन्। 

त्यसैगरी झापा नै घर भएका राप्रपाका सहायक महामन्त्री देवीरमण भट्टराईले पनि राजीनामा दिएका छन्। 

झापाकै अर्का नेता एवम् केन्द्रीय सदस्य रोहित राजवंशीले पनि राजीनामा दिएका छन्। त्यसैगरी ओखलढुंगा घर भएका  केन्द्रीय सदस्य श्री टंकनाथ आचार्यको पनि राजीनामा आएको छ। 

मोरङका केन्द्रीय सदस्य विनोद प्रसाद पोखेल, सुनसरीका अर्का केन्द्रीय सदस्य पासाङ शेर्पा, सुनसरीकै केन्द्रीय सदस्य सुरेश तामाङले पनि राजीनामा दिएका छन्। 

अर्कातिर मोरङकी केन्द्रीय सदस्य सुमित्रा बस्नेत र इलामका केन्द्रीय सदस्य दिल बहादुर कार्कीले पनि राजीनामा दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .