ad ad

राजनीति


नयाँ पार्टीविरुद्ध मन्त्री साउदको टिप्पणी- कतै संगठन छैन, देश सञ्चालन गर्न सक्दैनन्

नयाँ पार्टीविरुद्ध मन्त्री साउदको टिप्पणी- कतै संगठन छैन, देश सञ्चालन गर्न सक्दैनन्

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८० आइतबार १३:३३, काठमाडौँ

परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउदले नयाँ राजनीतिक दलविरुद्ध टिप्पणी गरेका छन्। 

अछामको चौरपाटीस्थित नेपाली कांग्रेस गाउँ कार्यसमितिले आइतबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले नयाँ पार्टीहरूले देश सञ्चालन गर्न नसक्ने दाबी गरेका हुन्। 

‘उनीहरू अर्का पार्टीका कार्यकर्तालाई हामीलाइ भोट दिनू भन्छन्। पार्टी पद्धतिमा विश्वाश गर्दैनन्’, मन्त्री साउदले भने, ‘पार्टी पद्धतिमा विश्वास नगर्नेले देश सञ्चालन गर्न सक्दैनन्। त्यही भएर लगातार विवादमा परिराखेका छन्।’

कांग्रेस नेता साउदले नयाँ पार्टीहरूको संगठन सामाजिक सञ्जालमा मात्र सीमित भएको आरोप पनि लगाए।  

‘नयाँ–नयाँ पार्टी आइरहेका छन्’, उनले भने, ‘सोसल मिडियाबाहेक उनीहरूको कतै संगठन छैन।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .