ad ad

राजनीति


चर्चित भ्रष्टाचार काण्डहरूको छानबिन गर्न शक्तिशाली आयोग बनाऔँ : केसी

चर्चित भ्रष्टाचार काण्डहरूको छानबिन गर्न शक्तिशाली आयोग बनाऔँ : केसी

नेपालखबर
असार ८, २०८० शुक्रबार १६:४, काठमाडौँ

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले पछिल्ला समयका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन शक्तिसम्पन्न आयोग गठन गरेर गर्नुपर्ने बताएका छन्।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले पछिल्लो समयका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गर्नुपर्ने बताएका हुन्। उनले भ्रष्टाचारको छानबिन कुन मितिदेखिको गर्ने भन्ने विषयमा सर्वदलीय सहमति बनाएर छानबिन प्रारम्भ हुनुपर्ने बताए।

उनले पछिल्लो समयको भ्रष्टाचार काण्डहरुको भने छानबिन गरिहाल्नुपर्ने बताए। उनले सर्वोच्च अदालतको प्रधानन्यायाधीशको संयोजकत्वमा न्यायिक, निष्पक्ष र पारदर्शी शक्तिशाली आयोग गठन गर्नुपर्ने बताए।

उनले भने, ‘यो देशमा चर्चित भएका ८/१० वटा भ्रष्टाचार काण्डहरु जुन काण्डमा प्रतिपक्ष हुँदा देशभरी ठूल्ठूला भाषण गरेर त्यसका विरोधमा बोल्दाखेरी धेरै तालि लिए, ति भ्रष्टाचार काण्डहरु अहिले कहाँ गए? वाइडबडीदेखि लिएर ३३ केजी सुनसम्म? त्यसलाई सर्वदलीय सहमति गरेर, कहिलेदेखिको गर्ने समयसिमा गरोस् सरकारले। तर सर्वोच्च अदालतको प्रधानन्यायाधीशको संयोजकत्वमा न्यायिक, निष्पक्ष र पारदर्शि रुपबाट शक्ति सम्पन्न आयोग गठन गरेर यि चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन हामी गर्नसक्छौँ कि सक्दैनौँ।’

उनले नयाँ पार्टीहरु पनि शक्तिकेन्द्र र वृद्धतन्त्रभित्र फस्छन् कि भन्ने आशंका व्यक्त गरे। उनले भ्रष्टाचारलाई संरक्षण गर्ने दल वा सरकार आगामी निर्वाचनमा बढारिने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .