आज (आइतबार) मन्त्रिपरिषद्को बैठक बस्दै छ।
एक मन्त्रीका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ।
आगामी आर्थिक वर्षको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।
संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याउँदै छ भने जेठ १७ गते प्रधानमन्त्री भारत भ्रमणमा जाँदै छन्।
आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक पनि बस्दै छ।
33
Shares
प्रतिक्रिया