ad ad

राजनीति


ओली भन्छन्- भ्रष्टाचार काण्डमा निर्दोषलाई कसरी फसाउने भनेर चलखेल भयो

ओली भन्छन्- भ्रष्टाचार काण्डमा निर्दोषलाई कसरी फसाउने भनेर चलखेल भयो

नेपालखबर
बैशाख २८, २०८० बिहिबार १३:९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारको काण्डमा निर्दोषलाई कसरी फसाउने भनेर चलखेल भइरहेको आरोप लगाएका छन्।

बिहीवारबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा सुरु भएको पार्टीको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

भ्रष्टाचार गर्ने जोकोही पनि कारबाहीको दायरामा आउनुपर्ने तर एमालेप्रति लक्षित गरी विभिन्न आधारहीन अभिव्यक्ति बाहिर आइरहेको उनले बताए। उनले आफ्नै पार्टीको नेता पनि भ्रष्टाचारमा संलग्न भए कारवाही हुनुपर्ने तर दोषी नै हो भनेर यत्तिकै करार गर्न नमिल्ने बताए।

‘हाम्रै पार्टीका मानिसको नाम आएको छ, हिजो हाम्रै सरकारमा रहेका साथीहरूको नाम आएको छ, जो सुकैको नाम आओस्, यदी दोषी छ भने कारवाही हुन्छ,' उनले भने।

कसलाई फसाउने भनेर पूर्वाग्राही प्रयास भइरहेको आरोप उनले लगाए। 'हामी हेरिरहेका छौँ, कसलाई फसाउने भन्ने प्रयास पनि भइरहेको छ, कता धकेल्ने भन्ने प्रयास भइरहेको छ, पूर्वाग्रह ढंगबाट दिइने अभिव्यक्ति, आधारहीन ढंगबाट अभिव्यक्ति, एमालेका बिरुद्ध निराधार प्रकाशन, अभिव्यक्ति आएका छन्,’ उनले भने।

अगाडि उनले भने, 'हामीले जबसम्म मानिस दोषी करार हुँदैन, तबसम्म दोषी रहेर अनुमान गर्न सकिन्छ, तर दोषी नै हो भनेर करार गर्न सकिँदै। किनभने त्यसको अदालती छानबिनको प्रक्रिया बाँकी हुन्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .