ad ad

राजनीति


भ्रष्टाचारविरुद्ध सडकमा सत्तारुढ गठबन्धनका विद्यार्थी

भ्रष्टाचारविरुद्ध सडकमा सत्तारुढ गठबन्धनका विद्यार्थी

नेपालखबर
बैशाख २८, २०८० बिहिबार १३:२४, काठमाडौँ

सत्तारुढ दलका विद्यार्थी संगठनहरुले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका छन् । 

भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले प्रदर्शन गरेका हुन्। 

नक्कली भूटानी शरणार्थी प्रकरणबारे अनुसन्धान गरी कारबाहीको माग गर्दै विद्यार्थी संगठनहरुले भृकुटीमण्डप परिसरमा प्रदर्शन गरेका छन्। 

प्रदर्शनका क्रममा कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले प्रधानमन्त्री सरकारको अभियानलाई समर्थनमा उत्रिएको बताइन्। 

उनले नेपाली जनतामा भ्रष्टाचार गर्ने ठूला दलका नेताहरु राजनीतिक लेनदेनमा लागेको भन्ने जनताको संशयलाई ठिक ढंगले छानबिन गरी कारबाही गर्न खबरदारी स्वरुप प्रदर्शनमा उत्रेको बताइन्। 

प्रर्दशनका क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अभियानलाई ऐक्यवद्धता जनाएको बताए। 

सरकारले व्यक्त गरेको शाहस र दृढता स्वागतयोग्य रहेको र विगतका सबै भ्रष्टाचारको फाइलहरु खोल्नुपर्ने उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .