ad ad

राजनीति


टोपबहादुरबारे ओली : हिजै प्रहरीमा हाजिर हुने कुरा थियो, अब भागेर हुँदैन

टोपबहादुरबारे ओली : हिजै प्रहरीमा हाजिर हुने कुरा थियो, अब भागेर हुँदैन

केन्द्रीय कमिटी बैठकमा केपी ओलीसहित एमाले पदाधिकारीहरू। तस्बिर : सरोज बैजु


नेपालखबर
बैशाख २८, २०८० बिहिबार १३:४, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा जोडिएर वैशाख २० गतेदेखि फरार सचिव टोपबहादुर रायमाझीले प्रहरीसमक्ष हाजिर हुनु पर्ने बताएका छन्। 

बिहीबारदेखि च्यासलमा सुरु भएको केन्द्रीय कमिटीको पाँचौ बैठकलाई सम्बोधन गर्दै उनले सचिव रायमाझीले कानुनलाई सघाएको नदेखिएको बताए।

‘हाम्रा सचिव टोपबहादुरजीले कानुनलाई सघाएको देखिएन, फरार भएको देखियो। हामीले उहाँलाई आरोप लागिसकेकाले कानुनलाई सघाउनु भनेका थियौँ’, उनले भने, ‘मैलेसमेत अब तपाईं आफू कानुनसमक्ष आउनुस्, प्रहरीमा सामना गर्नुस् भनेको थिएँ। तर त्यसो गरेको देखिएन।’

उनले बुधबार पार्टीबाट निलम्बन गरेपछि टोपबहादुरका एकजना नातेदारले आफूलाई फोन गरेको पनि खुलाए। 

‘हिजो कारबाही गरिसकेपछि उहाँनिकटका मान्छेबाट मलाई फोन आएको थियो। मैले उहाँलाई पार्टीले निर्णय गरेको सुनिहाल्नु भयो होला अब के गर्ने नभन्नुस् भनेको छु’, ‌ओलीले अगाडि भने, ‘उहाँले आफूलाई प्रहरीसमक्ष प्रस्तुत गर्नु राम्रो हुन्छ।’

टोपबहादुर बुधबार नै प्रहरीमा आउने कुरा आफूले सरकारी स्रोतबाटै सुने पनि त्यसो नभएको उनले  बताए। 

‘टोपबहादुरजी हिजो हाजिर हुन आउनु हुन्छ भन्ने कुरा सरकारी स्रोतबाट मैले सुनेको थिएँ’, उनले भने, ‘अहिले पनि कसैलाई आरोप लाग्दैमा दोषी त हुँदैन। तर आरोपबाट भाग्न खोज्दा सन्देह हुन्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .