ad ad

राजनीति


एमाले-कांग्रेस दूरीका कारण नोक्सान भयो- महेश बस्नेत

एमाले-कांग्रेस दूरीका कारण नोक्सान भयो- महेश बस्नेत

नेपालखबर
बैशाख २४, २०८० आइतबार १२:२, काठमाडौँ

नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले नेपाली कांग्रेस र नेकपा एमालेबीच दूरी बढ्दा नोक्सान भएको टिप्पणी गरेका छन्।

आइतबार कास्कीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेस-एमालेबीचको दूरीले विकृति, विसंगति देखा परेको र यसलाई दुईबीच सहकार्य हुनुपर्ने बताए।राजनीतिक स्थायीत्व र अहिले देखिएको नैराश्यता चिर्न पनि कांग्रेस–एमालेबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

'व्यापारी, उद्योगी, मिडियाका साथीहरू पनि के भन्नुहुन्छ भने, एमाले–कांग्रेसको ग्यापका कारण नोक्सान भयो, अहिले जेजस्ता विकृति, विसंगति देखा परेका छन्, त्यसले पनि कांग्रेस एमालेबीच सहकार्य हुनुपर्‍यो,' उनले भने। आफ्नो भन्दा पनि आम जनचाहना दुई दलबीचको सहकार्य भएको टिप्पणी उनले गरे।

सत्ता साझेदारी नगरे पनि स्थिर सरकारका विषयमा सुझावहरू आएको उनको भनाइ थियो।

उनले रविमा स्तरहीन चेतना भएको बताउँदै सस्तो लोकप्रियताका लागि उनलाई एमालेले प्रधानमन्त्री प्रस्ताव गर्छ भन्नु हास्यास्पद भएको बताए। भने, 'यस्ता स्तरहीन, राजनीतिक चेतना नभएकालाई एमाले प्रधानमन्त्री बनाउँछ भन्ने कुरा हास्यास्पद हो, एमालेको प्रचार विभागले कुनै व्यंग्यात्मक टेलिसिरियल बनायो भने त्यस्तामा चाहिँ प्रधानमन्त्रीको रोल दिन सकिएला।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .