बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा नेपालको तर्फबाट सहभागिता जनाउन परराष्ट्रमन्त्री एनपी साउद आज बेलायत जाँदैछन्।
बिहान ११ बजेको उडानमार्फत उनी बेलायत जान लागेका हुन्। राज्याभिषेकमा सहभागी भई २६ वैशाखमा साउद काठमाडौं फर्किने स्वकिय सचिव दीपककुमार जोशीले जानकारी दिए।
चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन नेपालबाट राष्ट्रपति रामचन्द्र पौडेल जाने कार्यक्रम थियो। तर पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि लामो समय भारतमा उनको उपचार गरिएको थियो। हालै काठमाडौं फर्किएका पौडेलको स्वास्थ्य प्रतिकूलताका कारण साउदले सहभागिता जनाउन लागेका हुन्।
वैशाख २३ गते (मे ६ तारिख) मा बेलायती राजा चार्ल्स तृतीयको बकिङ्घम दरबारमा राज्याभिषेक कार्यक्रममा तय भएको छ।
राज्याभिषेक समारोहमा सहभागी हुन २ हजार पाहुनालाई निमन्त्रणा पठाएको बताइएको छ।
गत सेप्टेम्बरमा महारानी एलिजावेथ द्वितीयको निधनपछि उनका उत्तराधिकारी तथा बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोह तीन दिनसम्म मनाइँदैछ।
Shares
प्रतिक्रिया