ad ad

राजनीति


‘अयोग्य, लडाकु र भत्ता’जस्ता विषयमा ‘राजनीति’ नगरौँ प्लिज– विष्णु रिमाल

‘अयोग्य, लडाकु र भत्ता’जस्ता विषयमा ‘राजनीति’ नगरौँ प्लिज– विष्णु रिमाल

फाइल तस्बिर


नेपालखबर
बैशाख १५, २०८० शुक्रबार ९:४३, काठमाडौँ

सरकारले पूर्व ‘अयोग्य लडाकु’लाई राहत रकम दिने तयारी गरेपछि विभिन्न दलका एकपछि अर्का नेताले विरोध गरिरहेका छन्। 

यसै क्रममा नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पनि उक्त निर्णयको कडा विरोध गरेका छन्।  

उपमहासचिव रिमालले अहिले मुलुकको अर्थतन्त्र एकदमै बिग्रिएको दाबी गर्दै यस्तो अवस्थामा प्रधानमन्त्री (पुष्पकमल दाहाल प्रचण्ड) ले  मानवीय संवेदनासँग खेल्न खोजेको तथा ‘अयोग्य लडाकु र भत्ताजस्ता विषयमा राजनीति गर्न खोजेको आरोप लगाएका छन्। 

‘प्रधानमन्त्रीज्यू, मुलुकको अर्थतन्त्र यति नराम्रोसँग धरमराइरहेका बेला यस्तै निर्णय गर्ने हो र? द्वन्द्वबाट भविष्य बर्बाद पारिएका युवा–स्वाभिमानलाई अझै नचिमोटौँ मानवीय संवेदनासंग नखेलौँ’, शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत रिमालले भनेका छन्, ‘अयोग्य, लडाकु र भत्ता’जस्ता विषयमा ‘राजनीति’ नगरौँ प्लिज!’

हेर्नुहोस् एमाले उपमहासचिव रिमालको स्टाटस-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .