चितवन २ मा नेपाली कांग्रेसले आज मतगणना हुन नदिने भएको छ।
मतगणनाको लागि सबै ठाउँको मतपत्र गणनास्थल ल्याइपुर्याएको मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले जानकारी दिए। अब केही बेरमा सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने उनले बताए।
तर कांग्रेसले भने निर्वाचन आयोगमा आफूले दिएको उजुरीमा छानबिन नभएसम्म मतगणना हुन नदिने अडान लिएको छ।
मौन अवधि सुरु भएपछि सामाजिक सञ्जाल र अनलाइन मिडियामार्फत भोट मागेको, आचारसंहिता विपरीत मतदान स्थलमा हुल गरेर असहज परिस्थिति सिर्जना गरेको जस्ता ५ वटा आरोप लगाउँदै कांग्रेसले रविविरुद्ध निर्वाचन अधिकृतको कार्यालय चितवन २ मा उजुरी दिएको छ।
मतगणनास्थलमा सबै दलका प्रतिनिधिको उपस्थितिमा अहिले सर्वदलीय बैठक बस्ने तयारी छ।
603
Shares
प्रतिक्रिया