नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको गृहकार्य अघि बढाउने बताएका छन्।
आइतवार परराष्ट्र मन्त्रालयमा पदभार ग्रहणका क्रममा उनले पहिलो निर्णयका रुपमा दिल्लीस्थित पेरुको राजदूतले नेपाल पनि हेर्ने गरी सहमति पनि दिएका छन्।
उनले अबको प्राथमिकता सन्तुलित परराष्ट्रनीति भएको पनि बताएका छन्। 'नेपाल शान्तिपूर्ण मुलुक हो। संसारका सबै देशसँग नेपालको शान्तिपूर्ण र सौहार्द सम्बन्ध रहिआएको छ', उनले भने, 'आगामी दिनमा पनि विश्वभरका देशहरु र छिमेकीसँग पनि सम्बन्ध घनिष्ठ बनाउँदै लान्छौँ।'
उनले परराष्ट्रमा आफ्नो नियुक्ति प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका लागि पनि हुन सक्ने बताए।
'तपाईंको नियुक्ति प्रधानमन्त्रीको भारत भ्रमणको तयारीका लागि हो?', पत्रकारहरुले सोधेपछि उनले भने, 'त्यो पनि एउटा कारण हुन सक्छ। भारत भ्रमणको गृहकार्यका लागि पनि म अब छलफल गर्छु। सरकारले मलाई त्यसका लागि पनि जिम्मेवारी लिएको हुन सक्छ। मैले कार्यभार सम्हालेको छु। अब प्रधानमन्त्रीको भारत भ्रमणबारे गृहकार्य अघि बढ्छ।'
भिडिओ
Shares
प्रतिक्रिया