१० दलीय गठबन्धनको बैठक बिनानिस्कर्ष टुंगिएको छ।
बुधवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धन निस्कर्षविहीन टुंगिएको हो।
बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको (माओवादी केन्द्र) का नेता शक्ति बस्नेतले बताए। उनले १० दलका बीचमा सकारात्मक रुपमा बैठक सकिएको र बिहीवार बसेर थप निर्णय गर्ने बताए।
उनले भने, ‘उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको थियो। छलफल सकारात्मक भएको छ। भोलि यो विषयमा बसेर एउटा निर्णय हुनेछ। आवश्यक्ताअनुसार बैठक बस्नेछ। बाँकी विषयमा पनि सामान्य छलफल शुरु भएको छ।’
नेता बस्नेतले सरकार बिस्तार लगायतका विषयमा पनि बैठकमा छलफल शुरु भएको बताए।
123
Shares
प्रतिक्रिया