ad ad

राजनीति


जमैकाका पर्यटनमन्त्री बार्लेटद्वारा सम्पदा अवलोकन

जमैकाका पर्यटनमन्त्री बार्लेटद्वारा सम्पदा अवलोकन

नेपालखबर
पुस १७, २०७६ बिहिबार ९:५९,

जमैकाका पर्यटनमन्त्री एडमन्ड बार्लेटले उपत्यकामा रहेका विभिन्न सम्पदाहरुको अवलोकन गरेका छन्।

‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटनसत्रमा सहभागि हुन नेपाल आएका बार्लेटले बिहीबार बसन्तपुर दरबार क्षेत्र, धरहरा लगायत अन्य निर्माणाधिन सम्पदाहरुको अवलोकन गरेका हुन्। उनले नेपाल आउने पर्यटकहरुलाई नेपालमा ढुक्क भएर घुम्ने वातावरण निर्माण गर्न आग्रह गरे।

‘हामीले भ्रमणवर्ष २०२० को अभियान चलाएका छौँ जुन अझ बढी पर्यटक नेपालमा ल्याउनका लागि हो। महत्वपूर्ण कुरा के हो भने पर्यटकले ढुक्क भएर घुम्ने वातावरण निर्माण गर्नुपर्छ। हरेक कुरामा सुरक्षीत महशुस हुनुपर्छ त्यो विषयमा काम गर्नुपर्छ। पर्यटकीय विशेष क्षेत्रको जानकारी गराउनुपर्छ’, उनले भने, ‘नेपालमा माउण्टेन टुरिजम ठूलो आकर्षणको क्षेत्र हो। त्यसैले म तपाईहरुसँग सहकार्य गर्न तयार छु। त्यसका लागि विश्वविद्यालयसँग सम्बन्ध स्थापित गरी यहाँको पर्यटकीय क्षेत्रहरुको बारेमा अझ बढी जानकारी गराउन सकिन्छ।’

सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित बुधबारबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को सुरुवात भएको छ। बुधबार भव्य कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको शुभारम्भ गरिएको छ। राजधानी लगायत सात वटै प्रदेशले भ्रमणवर्षको उद्घाटनमा विभिन्न औपचारिक कार्यक्रम गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .