विवेकशील साझा पार्टीको पदाधिकारी चयन भएको छ। शुक्रबारदेखि काठमाडौंमा जारी पहिलो महाधिवेशनबाट अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छिन्।
त्यस्तै, पार्टीको महासचिवमा रन्जु दर्शना चय भएकी छिन्। महाधिवेशनबाट पार्टीका ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको छ।
उपाध्यक्षमा प्रकाशचन्द्र परियार, विमला अधिकारी र मिलन पाण्डे चयन भएका छन् भने सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन्।
कोषाध्यक्षमा भने दामोदर नेपाललाई चयन गरिएको छ।
96
Shares
प्रतिक्रिया